Sunday, 14th June, 2026
वि.स.

कम्युनिष्ट शासनमा मजदुर भन्दा सत्तालाई महत्व दिइयो : डाक्टर महत

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व अर्थ मन्त्री डाक्टर रामशरण महतले प्रजातान्त्रीक ब्यवस्थामा मात्र मजदुरको हित हुने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले आज हेटौँडामा गरेको कार्यक्रममा बोल्दै नेता महतले कम्युनिष्ट शासनमा मजदुर भन्दा सत्तालाई महत्व दिने बताए । माक्स र लेलिनले पनि जनतालाई भन्दा सत्तालाई महत्व दिएको भन्दै पुर्व अर्थमन्त्री महतले नेपालमा पनि कम्युनिष्टहरुले मजदुरको हितको कुनै काम नगरेको दाबी गरे ।

साम्यवादी ब्यवस्थामा मजदुरको भन्दा सत्ताको हतिलाई सर्वोपरि मानिने बताउँदै उनले नेपाली कम्युनिष्टहरुले कहिलेपनि मजदुरको हितमा काम नगरेको दाबी गरे । देशमा भ्रष्ट्राचार ब्यापक बढेको भन्दै उनले ओली सरकार भ्रष्ट्राचार नियन्त्रणमा फेल भएको बताए । कम्युनिष्टले हल्ला बढी गर्ने, सपना बाढनेमात्र काम गरेको भन्दै उनले जनताको आधारभुत आवश्यक्ता पुरा नगरी रेल कुदाउने सपना बाढेको बताए ।

संविधान जारी भएपछि नयाँ युगको सुरुवात भएको हल्ला गरिएको भएपनि संविधान कार्यन्वयनको पक्ष फितलो रहेको बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०