nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

कमाने एकेडेमिमा पुस्तकालय

हेटौंडा उपमहानगरपालिका ८ मा रहेको कमाने एकेडेमिको नयाँ निर्मित भवनमा बाल पुस्तकालय सञ्चालन भएको छ । कालिकाटोलमा निर्माण गरिएको एकेडेमिको ‘बेम्बो’ हाउसमा थाइ नागरीकको सहयोगमा स्थापना भएको पुस्तकालयको बुधबार उद्घाटन गरिएको छ । थाई नागरीक ल्यारीसाले आफ्नी आमाको सम्झनामा गरेको सहयोगबाट पुस्तकालयको स्थापना गरीएको हो ।

करिब ७ लाख रुपियाँको लागनमा सञ्चालनमा आएको पुस्तकालयलाई बिस्तार गर्दै लगिने एकेडेमिका प्रिन्सीपल प्रतिमा डंगोलले जानकारी दिइन् ।     एकेडेमिमा अध्ययनगर्ने २ सय ८० जना बालकालिकालाई लक्षित गर्दै स्थापना गरिएको पुस्तकालयमा बालबालिकाको अध्यन र बाहिरी ज्ञानका लागि आवश्यक पुस्तकहरु रहेको बताइएको छ । पुस्तकालयको सहयोगि थाई नागरीक ल्यारीसाले रिबन काट्दै उद्घाटन गरेकी थिइन । आमाको सम्झनामा खोलिएको पुस्तकालयको नाम सुमली बाल पुस्तकालय राखिएको छ ।

एकेडेमि सञ्चालक समितिका अध्यक्ष सुदिपराज गरीको अध्यक्षतामा भएको कार्यक्रममा बिदेशी नागरीक बेथ नोफोन, अन्तवा डि लिरो, हर्नामाडि कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल, एकेडेमिका सदस्य शंकर खत्री लगाएतको उपस्थिती रहेको थियो ।