Tuesday, 16th June, 2026
वि.स.

कतारबाट स्वदेश फर्कने सूचीमा मकवानपुरका ९४ जना

qatar-1592026536.jpg

 कतारबाट स्वदेश फर्कने पहिलो सूचीमा मकवानपुर जिल्लाका ९४ जना परेका छन् । नेपाली राजदूतावास दोहा कतारले कतारबाट नेपाल फर्कन पर्ने नेपालीको सूचीमा मकवानपुर जिल्लाका १० महिला सहित ८४ जना पुरुषको सूची सार्वजनिक गरेको हो ।

दूतावासद्वारा जारी सूचीमा मकवानपुर जिल्लाका १६ जना बेतलबी बिदामा, २१ जना कतार आइडी र भिसाको म्याद सकिएको र ४९ जनाले रोजगारी गुमाएको र श्रम करार अवधि समाप्त भएकाले उनीहरुलाई घर जाने सूचीमा राखिएको छ ।

११ जुलाई सम्म दूतावासको सम्पर्कमा आएका तथा फारम भरेका मध्ये मकवानपुर जिल्लाका ८ जनामा जटिल स्वास्थ्य समस्या भएका कारण उनीहरुलाई घर जाने सूचीमा राखिएको हो । एक महिला सहित ७ जना पुरुषमा जटिल स्वास्थ्य समस्या रहेको दूतावासले जनाएको छ ।

दुतावासले कतारमा रोकिएर स्वदेश जान नपाएका नेपालीहरुलाई प्राथमिकताको आधारमा फर्काउन लागेको जानकारी दिँदै १६ र २० जुन २०२० मा नेपाल एयरलाइन्सका २ उडानहरु र १७ र २२ जुन २०२० मा हिमालय एयरलाइन्सका २ उडानहरु हुने जनाएको छ ।

मकवानपुर मिलन केन्द्र कतारको तथ्याङक अनुसार मकवानपुर जिल्लाबाट कतारमा रोजगारीका लागि करिव २२ हजार जना गएका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०