nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कडाइ बन्दैछ, रक्सौल नाका

नेपाली–भारत सीमा नाका रक्सौलमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले कडाइ गरेको छ । ५ कात्तिक बिहानदेखि एसएसबीले सीमामा कडाइ गरेको हो ।
भारतीय ‘ईन्टेलिजेन्ट ब्यूरो’को निर्देशनमा सुरक्षाजाँचमा कडाइ गरिएको एसएसबीले जनाएको छ । “सुरक्षा जाँचका लागि डोजी र ईटची नाम गरेका तालिम प्राप्त कुकुर खटाएका छौ” रक्सौलस्थित एसएसबीका सब–इन्सपेक्टर रञ्जित सिंहले भने । लस्करे तोइबाका सदस्यहरुको घुसपैठ हुन लागेको सूचनाका आधारमा सुरक्षाजाँचमा कडाई गरिएको उनको भनाई छ ।
सामान्य अवस्थामा कुनै सुरक्षा जाँच हुने गरेको थिएन । यसका लागि रक्सौल नाकामा २० जना एसएसबी परिचालन गरिएको छ । नाकामा पुगेका नेपालीलाई नागरिकता, लाईसेन्सजस्ता परिचयपत्र हेरेर, कामका बारेमा सोधपुछ गरेर मात्रै भारत जान दिएको छ । एसएसबीको कडाइले रक्सौल नाका भएर भारत जाने नेपालीले सास्ती खेप्नु परिरहेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भने भारतीयपक्षले सीमा नाकामा कडाई गरिएको बारे आफूलाई जानकारी नभएको बताए । ‘नियमित सुरक्षा जाँच गरेका होलान, कडाई गरेको भए त जानकारी आउनुपर्ने हो’ उनले भने । रक्सौलबाहेकका सीमा नाकामा भने कडाई गरिएको छैन् ।

-हिमालखबरबाट