Friday, 23rd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

ओली सरकारले ११ दिन सार्वजनिक बिदा थप्ने [सूचीसहित]

Public_Holiday-1565245514.png

सरकारले ११ दिन सार्वजनिक बिदा थप गर्ने भएको छ । सरकारले विभिन्न जातीय र सांस्कृतिक चाडहरुलाई राष्ट्रिय पर्वका रूपमा लिँदै सार्वजनिक विदा दिने तयारी गरेको हो।

विभिन्न जातिय तथा सांस्कृतिक संघ संस्थाले जातीय समुदायका चाडपर्वमा सार्वजनिक विदा नदिइएको प्रति गुनासो गरेपछि गृहमन्त्रीको संयोजकत्वमा विदा पुनरावलोकन गर्न बनेको कार्यदलले विभिन्न आठ पर्वका लागि ११ विदा थप्ने प्रस्ताव गरेको हो। सरकारले थप १३ दिन सार्वजनिक बिदा थप गर्ने तयारी गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको मन्त्रीस्तरीय समितिले १३ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव गरेको हो। गृहमन्त्री रामबहादुर थापा, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीले १३ दिन बिदा थप गर्ने प्रस्ताव गरेका हुन्।

प्रस्तावित विवरण अनुसार किराँत चार्ड उभौली र उधौलीका लागि दुई दिन, इदुल फित्र, बकरइद र मोहम्मद जयन्ती तीन दिन, किस्मस, एक दिन, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्वे ल्होसारमा तीन दिन, छठ, ऋषि पञ्चमी, माघी पर्व, र जनै पूर्णिमामा एकएक दिन बिदा दिने प्रस्ताव समितिले गरेको छ। समितिले अन्य बिदा भने यथावत रहने बताएको छ।

स्रोतः जनबोली



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg