nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

ओएमसीएनले हेटौंडा–भीमफेदी सडकको स्तरीकरण गर्ने 

sssyyy-1491552020.jpg

मकवानपुरको हेटौंडा–भीमफेदी सडकको स्तरीकरण गरिने भएको छ । अमेरिकी मिलिनियम च्यालेन्न कर्पोरशेन (एमसीसी) अन्तरगतको आफिस अफ मिलिनियम च्यालेन्ज नेपाल (ओएमसीएन) ले भीमफेदी–हेटौंडा सडकलाई स्तरीकरणको योजना बनाएको छ ।

ओएमसीएनका राष्ट्रिय संयोजक तुलसीप्रसाद सिटौलाले हेटौंडा–भीमफेदी सडकलाई अब स्तरीकरणका लागि काम सुरु गर्न प्रक्रिया अघि बढाइएको बताए । २२ किलोमिटरको यो खण्ड विभिन्न भागमा दोहोरो सवारी आवत–जावतमा समस्या छ । यसलाई हटाउने र सडकलाई स्तरीय स्वरुपमा सञ्चालन गर्ने गरी मर्मत र सुधारको ओएमसीएनले काम गर्ने भएको छ । यो खण्डमा थुप्रै जिर्ण अवस्थामा रहेका फलामे पुलहरु पनि मर्मत गर्ने गरी योजना बनाइएको छ ।

मर्मत सुरु भएको ५ वर्षसम्म एमसीसी अन्तरगतकै आयोजनाले स्तरीकरणको मर्मतको जिम्मा लिने सिटौलाले बताए । सुरुवातमा यसमा स्तरीय कालोपत्रे गरिनेछ ।