Sunday, 14th June, 2026
वि.स.

एम्बुलेन्समै गाँजा ओसारेको मकवानपुर प्रहरीले फेलापार्यो

मकवापुर प्रहरीले लागुऔषध गाँजा सहित एक एम्बुलेन्स नियन्त्रणमा लिएको ।

हेटौडा उपमहानगरपालिका १५ लच्का स्थित सडक खण्डबाट ६४ केजी गाँजा सहित एक भारतीय एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको गस्ति टोलिले शंकास्पद अवस्थामा रोकी राखेको BR05P5605 नम्बरको भारतिय एम्बुलेन्स चेकजाँच गर्दा ड्राईभरको सिटपछाडी लुकाई छिपाई राखेको अवस्थामा लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

एम्बुलेन्स र गाँजा नियन्त्रणमा लिईएको र सो एम्बुलेन्सको चालक र गाँजा धनिको खोजतलास तथा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।