nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

एनिमेटरका लागि १० दिने तालीम

सामुदायिक विकास केन्द्र नेपाल (सीसीडिएन) को आयोजना तथा स्ट्रोम फाउण्डेसनको सहयोगमा संचालित संवाद परियोजनाका एनिमेटरहरुका लागि दशदिने तालीम दिइएको छ । 

एनिमेटर व्यवस्थापक बिनोद स्याङतानको अध्यक्षतामा सम्पन कार्यक्रमा चुरीयामाई संयुक्त वडा कार्यालयका प्रमुख जगन्नाथ सापकोटाको प्रमुख आतिथ्ता रहेको थियो । यहि फागुन ३ गते बाट १२ गतेसम्म संचालीत तालीममा चुरीयामाई र पदमपोखरीका १४ जानाको सहभागीता रहेको थियो । 
कार्यक्रममा सहभागीहरुले अबका दिनमा समाजमा हुने सबैखाले बिकृति र बिसंगतीलाई पहिचान गरी त्यसका विरुद्ध कदम चाल्न यस तालीमले सहयोग पुगेको बताएका छन ।

सहभागीहरुले तालिमले आत्मबल बढाएको र यसको प्रयोग अब समाजमा गएर प्रयोग गर्ने बताएका छन । कार्यक्रममा साहस नेपालका कृष्ण रावल, संवाद परियोजनाका कमल कुमार बिश्वकर्मा लगायतकाले तालिमको औचित्य र तालिम पछिका समाजमा फर्किएपछि गनुपर्ने कामका बारेमा प्रशिक्षार्थिहरुलाई जानकारी गराएका थिए ।