nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एनआरएनए अष्ट्रेलियामा हेटौंडाका दुई युवा निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनावमा हेटौंडाका दुई युवा निर्वाचित भएका छन् ।

जुलाई ६ मा भएको एनआरएनए अष्ट्रेलियाको चुनावमा हेटौंडाका कर्णकुमार यादव र विरोध थिङ सन् २०१९–२१ का लागि सदस्य पदमा निर्वाचित भएका हुन् । न्यू साउथ वेल्समा यादव ‘नेश्नल काउन्सिल कोअर्डिनेटर मेम्मर’मा १ हजार ४६ मत ल्याएर निर्वाचित भएका थिए । थिङ ‘स्टेट काउन्सिल कोअर्डिनेटर मेम्मर’मा ८ सय ५९ मत ल्याएर विजयी भएका थिए ।

यादव १५ जना उमेदवार मध्ये ६ जना विजयीमा आफूलाई पनि उभाएका हुन् । थिङले ३४ जना उमेदवार मध्ये १४ जना विजयीमा आफूलाई पनि अब्बल सावित गरेर देखाए । यादव हेटौंडा–४ हुप्रचौर र थिङ हेटौंडा–१ चौकिटोल निवासी हुन् । यादवको एनआरएन अष्ट्रेलियामा यो दोस्रो कार्यकाल हो ।

यसअघि उनी स्टेट काउन्सिल कोअर्डिनेटर मेम्मरमा विजयी भएका थिए । थिङको यो पहिलो विजय हो । (एनआरएनए) अस्ट्रेलियाको नेतृत्वमा केशव कँडेल निर्वाचित भएका थिए । शनिबार भएको निर्वाचनमा उनले प्रतिद्वन्द्वी दिनेश पोखरेललाई पराजित गर्दै एनआरएनए अस्ट्रेलियाको नेतृत्व लिन सफल बनेका हुन् ।

निर्वाचनबाट महासचिवमा डा. ज्ञानेन्द्र रेग्मी, सचिवमा उषाकिरण बारिया, कोषाध्यक्षमा अनिल पोखरेल र युवा संयोजकमा इर्षाद अहमद चुनिएका थिए । यसैगरी अस्ट्रेलियाका ६ राज्यहरु तथा दुई टेरिटोरीमा समेत नेतृत्व छानिएका थिए । निर्वाचन समितिका अनुसार न्यु साउथ वेल्समा देवबहादुर गुरुङ, दक्षिण अस्ट्रेलियाबाट नविन पन्त, भिक्टोरियामा प्रेम कँडेल, क्युन्सल्याण्डमा उमेश खड्का, अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा चुणामणि सापकोटा र पश्चिम अस्ट्रेलियामा कृष्णमान श्रेष्ठ निर्वाचित भएका थिए ।

तास्मानिया र डार्बिनमा क्रमशः सन्देश परियार र हेम पुन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।