Saturday, 20th June, 2026
वि.स.

एक प्रतिशत मात्र बागमती प्रदेशमा कोरोना संक्रमित

covide-1611466681.jpg

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमणका विरामीहरु अब एक दशमलब ७ प्रतिशत मात्र रहेका छन् । अरु विरामीले कोरोनालाई जित्न सफल भएका छन् । बिरामी भएका मध्यमा सुन्य दशमलब ६६ प्रतिशतले ज्यान गुमाएका छन् । अरु ९७ दशमलब ७ प्रतिशले कोरोनालाई जितेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हाल सम्म एक लाख ४७ हजार ९ सय ७० जनामा कोरोना भाइरस संक्रमण भएको छ । संक्रमित मध्यमा ९ सय ८० जनाको मृत्यु भएको छ । प्रदेशमा अहिले पनि २ हजार ४ सय ४२ जना उपचाररत रहेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड–१९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिए।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०