Wednesday, 17th June, 2026
वि.स.

एकैदिन थपिए ४ हजार ३६४ संक्रमित

corona-photo-1602153940.jpg

बिहीबार देशभर ४ हजार ३६४ कोरोनाका संक्रमित थपिएका छन्। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको छ। 

त्यस्तै यस अवधिमा २ हजार ६७५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ।

देशभर हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको प्रवक्ता गौतमले बताए।यस दिन थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९०पुगेको छ। 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०