nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

एकीकृत बस्ती प्राथमिकतामाः मुख्यमन्त्री पौडेल

1-1552893532.jpg

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले एकीकृत बस्ती निर्माण प्राथामिकतामा राखेको बताएकाछन् । एकीकृत वस्ती निर्माणका लागि सरकारले प्रकृया अगाडि बढाईसकेको समेत जानकारी दिए । ३ नम्बर प्रदेशको प्रदेश मामिला समितिद्वारा आयोजित कार्यक्रम कार्यान्वयन र प्रगति विषयक अन्तरकृया कार्यक्रममा समितिका सदस्यहरुको प्रश्नको जवाफ दिदंै उनले एकीकृत वस्ती प्राथामिकतामा राखेपनि जग्गा प्राप्ती सबैभन्दा ठूलो समस्या रहेको बताउनुभयो । सार्वजनिक जग्गा कुनै न कुनै हिसाबले वनसँग जोडिएकोले जग्गा प्राप्तीमा समस्या भएको उनको भनाई थियो । 

‘वनसंग जोडिएको जग्गा पाउन निकै सकस छ । त्यसले यो काम सोचेअनुरुप अगाडी बढेको छैन ।’ उनले मकवानपुरमा १ सय ६० वटा घर बनाउने तयारी गरिरहेको जानकारी दिए । यसैगरी दोलखा, रामेछाप र सिन्धुलीमा पनि एकीकृत वस्तीको प्रकृया अगाडि बढेको जानकारी दिए । अर्को प्रसंगमा सार्वजनिक खरिद ऐन ‘लेन्दी’ भएको बताउनुभयो । उनले भने–‘हाम्रो सार्वजनिक खरिद ऐनले एउटा टेण्डर खोल्न अहिले दिन गन्नु भयो भने ९ महिना लाग्छ ।’ कानुनले तोकेको सार्वजनिक खरिद ऐनको एउटा चरण पार गर्दा कुनैलाई २ महिना कुनैलाई ३ महिनासम्म लाग्ने उनको भनाई थियो । सार्वजनिक खरिद ऐन संशोधनको लागि संघीय सरकार पनि सकारात्मक रहेको उनले जानकारी दिए । छिटोभन्दा छिटो यसको समाधान हुनेमा मुख्यमन्त्री पौडेलले विश्वास व्यक्त गए । 

अहिले प्रदेशको काम देखिएन भनेर आलोचना गर्ने समय नभएको उनले बताए । सरकारको बोर्ड मात्र राखेर मन्त्रालय खोलेको स्मरण गर्दै उनले अहिलेको अवस्थामा आउनु उपलब्धीमुलक भएको औल्याए । कर्मचारीका अभाव अव पुर्ति हुन थालेको जानकारी दिदैं अव कामको परिणाम देखिन थालेको जानकारी पनि दिए । विभिन्न विकास निर्माणका कामहरुको टेण्डर प्रकृया भईसकेको पनि उनले जानकारी दिए ।  उनले कुनै न कुनै हिसाबले प्रदेश सरकारको १३ वटै जिल्लामा काम भईरहेको जानकारी दिए । प्रदेशबाट विनियोजित रकमको काम भईरहेको समेत उनको भनाई छ ।                              
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)