Monday, 10th August, 2026
वि.स.

आराेग्य थाहानगरको लागि जेसीज दौड प्रतियोगिता हुने
दर्ता गर्ने समय २६ गते दिउँसो ४ बजेसम्म

767612169_135846391586744-1786353067.jpg

अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा पालुङ जेसीजको आयोजनामा "आरोग्य थाहा नगरको लागि जेसीज दौड प्रतियोगिता" सञ्चालन हुने भएको छ। ​'

सन् २००० मा स्थापित पालुङ जेसीजले श्रावण २७ गते बुधबारका दिन उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। ​कार्यक्रम थाहा-३ स्थित शिखरकोट फलचामा बिहान ७ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। खेलकुद संयोजक नरेन्द्र स्याङ्तानका अनुसार स्वास्थ्य र युवा नेतृत्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

​प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक धावकहरूका लागि दर्ता खुला भइसकेको र श्रावण २६ गते मङ्गलबार दिउँसो ४ बजेसम्म मात्र नाम दर्ता गर्न सकिने पालुङ जेसीजका अध्यक्ष सञ्जय गोपालीले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif