Sunday, 9th August, 2026
वि.स.

नेपालमै बन्यो ‘फिरिरी’ सुपर एप, एउटै प्लेटफर्ममा १० भन्दा बढी सेवा

firiri-1536x768-1786237975.jpg

नेपालमै विकास गरिएको बहुसेवा डिजिटल प्लेटफर्म ‘फिरिरी’ सुपर एप औपचारिक रूपमा सार्वजनिक भएको छ। एपले दैनिक जीवनमा आवश्यक पर्ने १० भन्दा बढी सेवा एउटै डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराउने लक्ष्य राखेको छ।

‘फिरिरी’मा राइड सेयरिङ, फुड डेलिभरी, ग्रोसरी तथा अनलाइन मार्केटप्लेस, पार्सल तथा लजिस्टिक्स, होटल तथा ट्राभल बुकिङ, डिजिटल पेमेन्ट, रियल स्टेट, ह्यान्डिम्यान तथा घरायसी सेवा लगायतका सुविधा समेटिएका छन्।

त्यस्तै, एपमार्फत रोजगारी तथा करियरका अवसर, अन-डिमान्ड चलचित्र (ओटीटी) र डिजिटल लर्निङ सेवासमेत उपलब्ध हुने बताइएको छ।

कम्पनीका अनुसार विभिन्न सेवाका लागि अलग–अलग एप प्रयोग गर्नुपर्ने अवस्थालाई कम गर्दै प्रयोगकर्तालाई एउटै प्लेटफर्मबाट सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले ‘फिरिरी’ विकास गरिएको हो।

एपले स्थानीय व्यवसाय, घरजग्गा व्यवसायी, सेवा प्रदायक, फ्रीलान्सर, शिक्षक तथा रोजगारी खोज्ने व्यक्तिलाई डिजिटल माध्यमबाट जोड्ने लक्ष्यसमेत राखेको छ। यसबाट नयाँ रोजगारी तथा व्यावसायिक अवसर सिर्जना हुनुका साथै सेवा पहुँच विस्तारमा सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

कम्पनीले ‘फिरिरी’लाई नेपालीका लागि नेपालीद्वारा निर्माण गरिएको डिजिटल प्लेटफर्मका रूपमा अघि बढाएको जनाएको छ। मोबिलिटी, व्यापार, सेवा, मनोरञ्जन र अवसरलाई एउटै प्लेटफर्ममा जोडेर स्वदेशमै मूल्य सिर्जना गर्ने यसको लक्ष्य रहेको बताइएको छ।

विदेशी डिजिटल प्लेटफर्मको प्रयोग बढिरहेको अवस्थामा स्वदेशी बहुसेवा प्लेटफर्मका रूपमा ‘फिरिरी’ले नेपालको डिजिटल अर्थतन्त्रमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

‘फिरिरी’ एप हाल प्रयोगका लागि उपलब्ध रहेको र देशका प्रमुख सहरबाट यसको सेवा लिन सकिने कम्पनीले जनाएको छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif