Tuesday, 11th August, 2026
वि.स.

बिग्रिएको खानेपानी मिटर तत्काल परिवर्तन गर्न थाहा खानेपानी बोर्डको आग्रह

65b8465c-ed02-49da-a03d-5-1786426238.png

थाहा नगरपालिका क्षेत्रका खानेपानी उपभोक्ताले प्रयोग गरिरहेका बिग्रिएका खानेपानीका मिटर तत्काल परिवर्तन गर्न थाहा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डले आग्रह गरेको छ।

थाहा नगरपालिकाले एकीकृत रूपमा नागरिकलाई खानेपानी उपलब्ध गराउँदै आएको र बोर्डमार्फत वितरित खानेपानी उपभोग गर्दै आएका उपभोक्तालाई आफ्नो निजी प्रयोगका लागि जडान गरिएको धाराको मिटर बिग्रिएको भए तत्काल परिवर्तन गर्न बोर्डले अनुरोध गरेको हो।

बोर्डका अनुसार कतिपय उपभोक्ताको मिटर बिग्रिएको जानकारी प्राप्त भएपछि पनि लामो समयसम्म मिटर परिवर्तन नभएको पाइएको छ। यसले खानेपानीको वास्तविक खपत मापनमा समस्या हुनुका साथै पानीको उचित व्यवस्थापनमा समेत असर पार्ने भएकाले उपभोक्तालाई समयमै मिटर परिवर्तन गर्न आग्रह गरिएको छ।

बोर्डले मिटर परिवर्तन गर्नुअघि कार्यालयका कर्मचारीमार्फत मौखिक जानकारी गराउँदा समेत हालसम्म मिटर परिवर्तन नगरेका उपभोक्ताले तत्काल मिटर परिवर्तन गरी बोर्डको कार्यालयमा जानकारी गराउनुपर्ने जनाएको छ।

मिटर परिवर्तन गर्नुका मुख्य कारणमा पानीको सही मापन गर्ने, पानीको दुरुपयोग रोक्ने, निरन्तर सेवा सुनिश्चित गर्ने तथा उपभोक्ता र बोर्डबीच पारदर्शिता कायम गर्ने विषयलाई बोर्डले उल्लेख गरेको छ।

त्यस्तै, थाहा नगरपालिकाको आर्थिक ऐन, २०८३ तथा बोर्डको निर्णयअनुसार थप प्रक्रिया अघि बढाइन सक्ने भएकाले समयमै बिग्रिएको मिटर परिवर्तन गरी कार्यालयलाई जानकारी गराउन बोर्डले अनुरोध गरेको छ।

थाहा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डले इन्द्रायणी चौर, मकवानपुरबाट जारी गरेको सूचनामा उक्त आग्रह गरिएको हो। बोर्डले खानेपानी सेवा व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन उपभोक्ताको सहयोग आवश्यक रहेको जनाएको छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif