Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

ऋषेश्वरमा निर्माणाधिन गुम्बाको लागि नेपाली सेनाको श्रमदान

मकवानपुर थाहा नगरपालिकाको ऋषेश्वर महादेव परिसरमा निर्माणाधिन गुम्बाको लागि श्री ७ नम्बर बाहिनी चनवन ब्यारेकका नेपाली सेनाले श्रमदान गरेका छन् । ब्यारेकका सह सेनानी सागर विष्टको नेतृत्वमा रहेको ९० जना नेपाली सेनाले सडकबाट करिब १ किलोमीटर भित्र रहेको मन्दिर परिसरमा सडकदेखि नै इट्टा बोकेर निर्माणाधिन गुम्बासम्म पु¥याएर श्रमदान गरेका हुन् ।

सह सेनानी विष्ट थाहा नगरपालिका वडा नं. ३ का स्थायी बासिन्दा हुन् । उनीहरुले २ हजार २ सय इट्टा बोकेका हुन् । वि.सं. २०७२ सालको विनासकारी भूकम्पबाट क्षति भएको गुम्बाको पुनः निर्माणका लागि त्यस क्षेत्रमा निर्माण सामाग्री पु¥याउन असहज भएको थियो । 

इटा बोकेर निर्माण स्थलसम्म पु¥याउन नेर्तत्व गर्ने विष्ट र नेपाली सेनालाई गुम्बाका लामा परिवारले धन्यवाद ज्ञापन सहित खादा लगाएर सम्मान गरेका थिए । सो अवसरमा चियापान को समेत कार्यक्रम गरिएको एभरेष्ट क्लब दामनका महासचिव दावा शेर्पाले जानकारी दिए । ऋषेश्वर महादेव स्थान नजिकै निर्माधिन गुम्बा लागि श्रमदान गर्न जुटाउन दामन बजार व्यवस्थापन समिति र एभरेष्ट युवा क्लबले अभियान संचालन गर्दै आएको छ । 


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०