nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

उपप्रमुख गोपाली भन्छन्-थाहाको कोटा, १ सय वटा

थाहा नगरपालिकाले नगरक्षेत्रमा संचालन गरिने अटोको संख्या तय गरेको छ । अटो संचालन प्रक्रियालाई नियमन गर्नको लागि कोटा नै निर्धारण गरेको नगरपालिकाले जनाएको छ ।

थाहा नगरपालिकाले नगर क्षेत्रमा १ सय भन्दा बढी अटो चल्न नदिने निर्णय गरेको हो । नगरमा संचालित अटोहरुले भाडा दरमा मनलाग्दी, ठुला सवारी माथी ओभरट्याक, नियम विपरित संचालन, क्षमता भन्दा बढी यात्रु बोक्ने, जथाभावी पार्किङ गर्ने लगायतका गतिविधि अटो व्यवशायीले गर्न थालेपछि यस्तो निर्णय गरेको बतायएको छ । नियमलाई कडाइका साथ कार्यान्वयनको लागि अटोको निश्चित सङ्ख्या निर्धारण गरी नियमनतर्फ नगरपालिका अग्रसर भएको हो ।

निर्णय अनुसार नगर क्षेत्रमा सञ्चालन हुने अटोहरुलाई बैशाख २१ गतेदेखि कडाइ गरिने भनेपनि लाइसेन्स, बिलबुक, दर्ता, बिमा लगायतका प्रक्रिया पुरा गर्नका  अटो व्यवसायीहरुलाई बैशाख गत २० गतेसम्मको लागि १ महिनाको समय दिइएको थियो । बैशाख २१ गतेदेखि अटोहरुले लाइसेन्स, रुट परमिट, बिलबुक , रेटलिष्ट र दर्ता बिना सडकमा आउन नपाउने र प्रहरीले कडाइका साथ लाइसेन्स, नगरपालिकामा दर्ता भै रुट परमिट लिएको र अनिवार्य रुपमा बिलबुल र रेटलिष्ट जाँच गर्ने र नियमानुसार नभएकाहरुलाई कार्वाही गरिने भनिएको थियो । तर,  तोकिएको अवधि सकिएको ३ महिना भै सक्दा पनि जम्मा ४३ वटा अटोमात्र थाहा नगरपालिकाको कार्यालयमा दर्ता भएको थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले बताए । नगर क्षेत्रमा एकसय भन्दा बढि संचालनमा रहेका   छन् ।  

अहिलेसम्म नगरमा संचालनमा  रहेका मध्ये अटोको लाइसेन्स, बिलबुक, दर्ता, बीमा लगायतका प्रकृयामा जानेको संख्या आधीसरो पनि छैन । नगरमा दर्ता हुन जानेको संख्या न्यून रहेकोले कारबाही गरी साध्ये नहुने ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख लोक बहादुर गुरुङले बताए । उनका अनुसार गैर कानुनी रुपमा संचालनमा रहेका अटोलाई कारवाहीको प्रकृया अघि बढाउने बताए । पछिल्लो समय अटोको दुर्घटना बढ्न थालेपछि लगानीको सुरक्षाका साथै यात्रु सुरक्षा र जोखिम बहनका लागि नियमानुसार अटो सञ्चालन गर्न जरुरी रहेको उनले बताए । तर नीति नियम र सुरक्षाको विषयमा यात्रु तथा सर्वसाधारण नै सचेत हुन जरुरी रहेको उनको उनको भनाइ छ । सवारी आवागमनमा अटोको कारण धेरै नै समस्या हुने गरेको बताउँदै उनी भन्छन्–“सर्वसाधारण सचेत भए अटो व्यवसायीहरु नियममा चल्न बाध्य हुन्छन्।” 

अटोले जथाभावी पार्किङ गरी सवारी आवागमनलाई बाधा नपु¥याउन बजार तथा भिडभाड हुने ठाउँ भन्दा केहि पर सडकको खाली साइडमा पार्किङ गर्ने सहमति    गरेकोे छ तर नगरपालिकाको यो निर्णय पनि कार्यान्वयन भएको छैन  ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।