Tuesday, 16th June, 2026
वि.स.

उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म

nised-1598424075.jpg

 उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले भदौ ३ गतेबाट जारी गरिएको निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले भदौ १७ गते रातिसम्म निषेधाज्ञा अवधि बढाउन गरेपछि तीनै जिल्लाका प्रजिअको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गतेसम्म निषेधाज्ञा थपिएको बारे सूचना सार्वजनिक गरेका छन् ।

मंगलबार दिनभर जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला सुरक्षा समिति, डिसीसीएमसी र स्थानीय तहका प्रमुख र प्रतिनिधिहरुबीच छलफल भएको थियो । छलफलकै क्रममा तीन जिल्लाकै डीसीसीएमसीको संयुक्त बैठकले निषेधाज्ञा बढाउन प्रजिअहरुलाई सिफारिस गरेको थियो ।

यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार राति १२ बजे सकिँदै छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०