Tuesday, 16th June, 2026
वि.स.

उपचार नपाएर मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

gandak-hospital-1596958715.jpg

वीरगञ्जमा उपचार नपाएर मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ।शुक्रबार राति उपचार नपाएर ज्यान गुमाएकी वीरगञ्ज ३ छपकैयाकी २० वर्षीया युवती बिष्णु लामामा कोरोना संक्रमण पुष्टि भएको हो।

मृतक युवतीको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार राति उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए।

शुक्रबार राति स्वासप्रस्वासमा समस्या आएपछि वीरगञ्जको ७ वटा अस्पतालमा चहार्दा चहार्दै कुनै पनि अस्पतालले भर्ना नलिँदा उनको बाटोमै मृत्यु भएको थियो।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०