nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

उद्योग वाणिज्य संघको राज्यमन्त्री तामाङ्गलाई ध्यानाकर्षण

हेटौंडामा क्षेत्रीय स्तरको कृषि उपज थोक बजार निर्माण गर्ने उद्देश्यले नेपाल सरकार, कृषि विकास मन्त्रालयमा स्थानीय सरोकार तथा राजनैतिक दलको प्रतिनिधिले राज्यमन्त्री राधिका तामाङ्गलाई सिंहदरबारमा भेटेर ध्यानाकर्षण गराएकोछ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित राप्ति किनारमा रहेको सरकारी स्वामित्वको जग्गालाई हेटौंडा उपमहानगरपालिकाले समेत बजार निर्माणमा लिखित रुपमै स्वीकृत दिएपछि मकवानपुरको टोलीले काठमाडौंमा नै गएर कृषि उपज निर्माणका लागि कृषि विकास मन्त्रालयको ध्यानाकर्षण गरेको हो । 

राज्यमन्त्री तामाङ्गलाई मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले मकवानपुरको हेटौंडामा क्षेत्रीय स्तरको कृषि उपज बजारको आवश्यकता सम्बन्धी व्यावसायिक विवरण प्रस्तुत गरेका थिए । भेटका अवसरमा राज्यमन्त्री तामाङ्गले आफूले समेत उक्त स्थानको केही दिन अघि अवलोकन गरिसकेकोले यस विषयमा आफू सकारात्मक रहेको बताइन् ।  

कृषि उपज बजार व्यवस्थापन समितिका गोविन्द दहालले बुटबल र सर्लाहीको बीचमा पूर्वपश्चिम राजमार्गमा कतै पनि यस्तो बजार नरहेकोले यसका लागि हेटौंडा राम्रो विकल्पको रुपमा रहेको बताइन् । भेटका अवसरमा कृषि सहकारीका एकराज उप्रेतीले चितवन, बारा, पर्सा, रौतहट, सिन्धुली लगायत मकवानपुर जिल्लाका समेत गरी करीब ५ हजार कृषकले प्रत्यक्ष लाभ लिन सक्ने बताइन् । भेटका अवसरमा जिल्ला कृषि कार्यालयका निर्मल गदालले समग्र मकवानपुरको गतिविधिलाई प्रस्तुत गरेका थिए । हेउनपाका विके महर्जनले प्रविधिक रुपमा समेत प्रस्तावित स्थान उपयुक्त रहेको बताए । मकवानपुर तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खड्गबहादुर मोक्तानले कृषि उपज बजार नहुदाको अवस्थामा व्यवसायीका पीडा बताइन् । 

एमालेबाट ध्रुब चौलागाई, नेपाली काँग्रेसकी कृषि संयोजक लक्ष्मी गौतम, राप्रपाका उपाध्यक्ष गुञ्जन न्यौपाने, सीताराम बर्तौला, न्युज २४ का देवराज पन्त, कान्तिपुर टेलिभिजनका बालकृष्ण अधिकारी, संघका पश्चिमी क्षेत्रका कृष्णहरि बर्तौलालगायतको सहभागिता रहेको थियो । कृषि उपज निर्देशिका २०५३ अनुसार सबै राजनैतिक दल, उवासंघ, नपा, जिविस, व्यवसायी, कृषि कार्यालय, कृषक सहितको कृषि उपज निर्माण समितिले यस सम्बन्धी योजना सहितको प्रस्ताव लिएर कृषि मन्त्रालय गएको थियो । राप्ति नदीको पश्चिम किनारामा करीब ५ बिगाहा खाली जमीन रहेको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)