Wednesday, 26th August, 2026
वि.स.

उद्योग वाणिज्य संघको टोली जोर्डन, इजरायल र इजिप्ट जाने

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्ण कटुवालज्यूको नेतृत्वमा कार्यसमितिका पदाधिकारी, सदस्यलगायत ३४ सदस्यीय व्यवसायीहरुको अध्ययन अवलोकन भ्रमण जाने भएका छन् । 

टोली यहि श्रावण २० गतेबाट १० दिने जोर्डन, इजरायल तथा इजिप्टको भ्रमणजान लागेका हुन् ।  संघले १८ श्रावणमा हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो ।

कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवालले भ्रमणको वारेमा प्रकाश पारेका थिए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्षद्वय रामप्रसाद न्यौपाने, गणेश भेटवाल, महासचिव प्रमोदसिंह रानाभाट, सचिव विष्णु गोपाल महर्जन, कार्य समिति सदस्य कृष्ण प्रसाद ढुगाना, रुपकराज दाहाल, राजाराम कार्की, प्रतिमा श्रेष्ठका साथै पत्रकारहरुको उपस्थित रहेको थियो ।
 

 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif