nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

उद्घोषण कला गाह्रो होइन, सजिलो पनि छैन:- लामा

IMG_20180620_072308-1529549397.jpg

उद्घोषण कला गाह्रो बिषय नभएको र सजिलो पनि नभएको प्रमुख अतिथी इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए । इन्द्रसरोवर गाउँपालिका वड नं ५ खड्बुको वडाकार्यालयमा संचालित सात दिने उद्घोषण तालिमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी लामाले आफुले गरेका उद्घोषणहरुको अनुभव सुनाउदै यस्तो बताएका हुन ।

साथै उनले यस पटकको उद्घोषण तालिम उपलब्धिमुलक बनेमा आगामी दिनमा समेत गाउँपालिकाले सहर्ष बजेट बिनियोजन गर्ने बताए ।
इन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोग र ५ नं वडा कार्यालयको समन्वयमा साबिक फाखेल गाउँ बिकास समिती कै सक्रिय युवा क्लबको रुपमा रहेको मितेरी युवा क्लबले गाउँमा सन्चालन हुने साना ठुला जुनसुकै कार्यक्रममा हुने उद्घोषकको अभाबको समस्यालाई मध्यनजर गर्दै तालिम सन्चालन गरेको हो ।


मितेरी युवा क्लबका अध्यक्ष मञ्जरी बलामीको सभाध्यक्षातामा सन्चालन भएको उद्घोषण तालिमको उद्घाटन सत्रमा मितेरी युवा क्लबकै पुर्व अध्यक्ष मधुकर कार्की, प्रशिक्षक कुमार नेगी, महाचुनी माध्यमिक बिधालयका प्रधानाध्यापक शान्तलाल लामा, ५ नं वडाका महिला सदस्य दुर्गावती थोकर, बालक्लबका अध्यक्षहरु लगायतकाको आतिथ्यता रहेको थियो । तालिममा इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का युवा क्लब, बाल क्लब, बिद्यालय र संघसंस्थामा आबद्ध युवाहरुले प्रशिक्षार्थीको रुपमा सहभागिता जनाएका छन । बुधबारदेखि सुरु भएको सात दिने तालिमको यहि असार १२ गते समापन गरिने कार्यतालिका रहेको जनाइएको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।