nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

उत्कृष्ट विद्यालय व्यवस्थापन समिति पदाधिकारी सम्मानित हुने

raghu-1567906526.jpg

जिल्ला शिक्षा समिति मकवानपुरले जिल्लाका उत्कृष्ट विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान गर्ने भएको छ ।  जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला शिक्षा समितिका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतमा २१ भाद्रमा बसेको बैठकले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान गर्ने निर्णय गरेको हो ।

४० औं शिक्षा दिवशको अवसरमा केहि दिन पछि एक कार्यक्रमको आयोजना गरेर जिल्लाका व्यवस्थापन समितिका उत्कृष्ट योगदान गर्ने पदाधिकारीलाई सम्मान गर्ने निर्णय गरेको प्रमुख खुलालले बताए । सम्मान गर्नकालागि जिल्लाका १० वटै स्थानीय तहमा सुचि बनाएर पठाईएको र सोकै आधारमा सम्मान गरिने उनले बताए । विद्यालय व्यवस्थापनका सदस्यहरुलाई विद्यालयमा विद्यार्थी संख्या, स्रोत साधनको परिचालनमा समितिले योगदान पु¥याएको, विद्यालय कृयाकलापमा राम्रो सहभागिता भएको, समितिको सकृयतालाई कृयाशिल बनाई विद्यालयको स्वास्थ वातावरण सृजना गरेको, सिकाई सम्बन्धी बढोत्तरीमा योगदान पु¥याएको, विद्यालयको शुसासनमा योगदान पु¥याएको मध्येजिल्लाका उत्कृष्ट विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान गरिने बताएकाछन् । स्थानीय तहको सिफारीसमा उत्कृष्टलाई सम्मान गर्ने उनले बताए ।

बैठकमा प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख लिलाराज गौतम, जिल्ला समन्वय समितिका शाखा अधिकृत भीमलाल मर्हजन, शिक्षक महासंघका अध्यक्ष जिधराज ढकालको सहभागिता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)