Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

ईन्द्रसरोवर गाउँपालिकामा सम्मान कार्यक्रम

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा जेष्ठ नागरिक सम्मान तथा वडा नागरिक मञ्चका संयोजकहरूको सम्मान सहित बिदाइ गरिएको छ । ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खुमा एक समारोहकाबीच ४ भाद्रमा कार्यक्रम भएको हो । 

वडा नम्बर १ का वडा अध्यक्ष जमानसिं वाइबाको सभाध्यक्षतामा भएको कार्यक्रको अतिथि गाउँपालिका अध्यक्ष जीवन लामा रहेका थिए । कार्यक्रमका सहभागीहरुलाई सीता श्रेष्ठले स्वागत गरेकीइन् ।  गाउँपालिकाले इन्द्रसरोवर गाउँपालिका वडा नं. १ का ज्येष्ठ नागरिकहरु बसन्ती लामा, इन्द्र बहादुर स्याङ्तान, श्यामकुमार वाइबा, किरण देवी राना, कमला सुवेदी, रामहरी बलामी, सानुमाया नगरकोटी र शर्मिला थापा मगरलाई नगद ५ हजार रुपियाँ सहित सम्मान गरेको हो ।

त्यस्तै महिला स्वयंसेविका तर्फ कान्छी गोले, उर्मिला स्याङ्तान, बिष्णुकुमारी लामा, गंगा थापा लक्ष्मी पाख्रीन, नबिना बलामी, देवमाया बलामी, मैना स्याङ्तान र उर्मिला तामाङ सम्मानित भएका हुन् । उनीहरुलाई नगद सहित सम्मान गरिएको गाउापालिकाले जनाएको छ।

कार्यक्रममा गँउपालिका अध्यक्ष जीवन लामाले जनप्रतिनिधि नहुदाँ गाउँमा जिम्मेवारी बहन गर्नुहुने सबैमा आभार व्यक्त गरे । अध्यक्ष लामाले गाउँपालिकाले त्यसको उच्च मुल्यांकन सहित निरन्तर सहयोगको अपेक्षा सहित स्वस्थ स्वयंसेविकालाई मासिक भत्ता दिने प्रतिवद्धता व्यक्त गरे । 

वडा अध्यक्ष वाइबाले वडा नागरिक मञ्चका संयोजकहरूको अनुभव लामो भएकोले वडाका कामलाई सहज सम्पादन गर्न आवश्यक पर्ने भएकोले सहयोगको अपेक्षा गरेका थिए । कार्यक्रम १ नम्बर वडा कार्यालयको आयोजनामा भएको हो ।



https://thahatimes.com/public/images/users/Puskal-1558329275.jpg

पुस्कल गोले सागर

news.pskl@gmail.com

गोले थाहा टाइम्स डटकममा आवद्ध पत्रकार हुन् ।