nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

ईन्द्रसरोबरका किसानलाई महिलामैत्री हाते ट्रयाक्टर

Tractor-Bitaran-(4)-1520844322.JPG

मकवानपुरको मार्खु र फाखेलका कृषक समूहलाई ७ वटा हाते ट्रयाक्टर बितरण गरिएकोे छ । महिलाहरु कृषिमै आत्मनिर्भर भएको हुनाले उनीहरुलाई उत्प्रेरित गर्ने उदेश्यले कृषक समूहलाई महिलामैत्री हाते ट्रयाक्टर बितरण गरिएको हो ।
मार्खुमा ३ र फाखेलमा ४ वटा ट्रयाक्टर ईन्द्रसरोबर कृषि सहकारी संस्था र कृषक समूहलाई वितरण गरेको हो । नारीसिप सृजना केन्द्र मकवानपुरले अक्सफाम नेपालसँगको साझेदारीमा सञ्चालित मकवानपुर जिविकोपार्जन पुर्नउत्थान परियोजना अन्तरगत ट्रयाक्टर बितरण गरेको हो ।
ईन्द्रसरोवर गाउँपालिका १ का वडा अध्यक्ष जमानसिंह वाईबाको प्रमुख अतिथ्य तथा ईन्द्रसरोवर कृषि सहकारीका सचिव सानु लामाको अध्यक्षतामा मार्खुमा वितरण गरिएको हो । त्यस्तै, फाखेलमा गरिएको वितरण कार्यक्रम ईन्द्रसरोवर  ४ का वडा अध्यक्ष धनवीर स्याङतानको प्रमुख अतिथ्यतामा गरिएको थियो । दुवै कार्यक्रममा नारीसिप सृजना केन्द्रकी उपाध्यक्ष गणेशकुमारी श्रेष्ठ लगायतको अतिथ्यता रहेको थियो । कृषि क्षेत्रमा उपयोगी ट्रयाक्टर सहयोग गरेको भन्दै जनप्रतिनिधी, सहकारी प्रतिनिधी र किसानहरुले नारीसिप सृजना केन्द्रलाई धन्यवाद दिएका थिए ।
मकवानपुरको भुकम्प प्रभावित साबिक गाउँ विकास समितीहरु चित्लाङ, मार्खु, कुलेखानी, सिस्नेरी, फाखेल, नामटार, भार्ता र कालिकाटार गरी ८ गाबिस परियोजनाको कार्यक्षेत्र रहेको छ । परियोजना अन्र्तगत अन्य ६ कार्यक्षेत्रमा समेत गरि २१ थान ट्रयाक्टर बितरण गरिने कार्यक्रम संयोजक राजेन्द्र ढकालले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)