Wednesday, 17th June, 2026
वि.स.

ईन्द्रसरोबरकाे पहिरोमा मृत्यु हुनेको पहिचान खुल्यो

death-body-1600847660.jpg

हेटौंडा-काठमाडौ जोड्ने छोटो मार्ग अन्तरगत भिमफेदी(कुलेखानी सडक खण्डको  इन्द्रेसरोबर गाउँपालिका(२ देउराली नजिक स्कार्पियो पुरिंदा मृत्यु हुनेको पहिचान खुलेको छ ।स्कार्पियो च्यापिंदा मृत्युु हुनेमा चालक बाराको पर्सौनी गाउँपालिका वडा नम्बर ४ का ४० बर्षीय युनिष अन्सारीको मृत्यु भएको हो । उनको शव हेटौंडा अस्पताल लगिएको  छ । 

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कार्पियोमाथि ढुंगासहितको पहिरो खसेको थियो । पहिरोले बा ९७ प ५१४८ नम्बरको मोटरसाइकल पुर्दा मोटरसाइकलमा सवार दुईजनाको सकुशल उद्धार गरिएको छ ।

मोटरसाइकलबाट उद्धार गरिएका २ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०