Wednesday, 17th June, 2026
वि.स.

इस्टु मकवानपुरद्वारा निति तथा संस्थागत विद्यालय विरुद्ध आन्दोलनको घोषणा

school-1599182157.jpg

संस्थागत विद्यालय शिक्षक, कर्मचारी युनियन (इस्टु) मकवानपुरले आन्दोलनको घोषणा गरेको छ । इस्टु मकवानपुरले नीजि तथा आवसीय विद्यालयहरुको संगठन (प्याब्सन) मकवानपुरले भदौ १३ गते शनिवार जारी गरेको विज्ञप्तिको विषयलाई लिएर आन्दोलनको घोषणा गरेको जनाएको छ ।

गएको शनिबार प्याब्सन मकवानपुर र प्याब्सन हेटौंडा नगर समितिले प्रेस विज्ञप्ती जारी गर्दै २०७७ भदौ महिनादेखि शिक्षक तथा कर्मचारीको तलब भत्ता दिन नसक्ने जनाएका थिए ।

इस्टु मकवानपुरले प्याब्सन मकवानपुरलाई आफ्नो निर्णय फिर्ता लिन दिएको तीन दिनको समयमा कुनैपनि सकरात्मक पहल नभएको भन्दै आन्दोलनको घोषणा गरेको जनाएको छ ।

घोषित आन्दोलनमा भदौ २० गते प्याव्सन मकवानपुरको कार्यलयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको जनाइएको छ । यसैगरी २०७६ चैत्र सम्मको तलब निकासा नगर्ने विद्यालहरुको नामावली सार्वजनिक गर्ने र इस्टुको कालोसूचीमा परेका विद्यालयहरुमा तालाबन्दी तथा प्याव्सन जिल्ला अध्यक्ष र नगर अध्यक्षको विद्यालयमा तालावन्दी गर्ने उल्लेख गरिएको छ ।

इस्टु मकवानपुरले वार्ता र सहमतीबाटै समस्याको समाधान गर्न सकिने उल्लेख गर्दै २० गते शुक्रबार साँझसम्ममा वार्ता र छलफलका लागी आग्रह गरेको छ ।

साथै यसअवधिमा वार्ता र छलफलको कुनै वातावरण नबने शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रन वाध्य हुने र त्यसक्रममा हुने भौतिक, शैक्षिक एवम् अन्य सम्पूर्ण क्षतिको जिम्मेवार प्याव्सन मकवानपुर हुने चेतानी समेत दिइएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०