Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

इलाकालाई मुख्य आधार बनाउने मन्त्रीपरिषद्को निर्णय

मन्त्रिपरिषद् बैठकले स्थानीय तह पुर्नसंरचनाको मापदण्ड संशोधन गर्दै इलाकालाई मुख्य आधार बनाउने निर्णय गरेको छ ।
११ असोज साँझ बसेको मन्त्रिपरिषद् बैठकले आइतबार प्रमुख दलका शीर्ष नेतासँग भएको सहमति अनुसार स्थानीय तह पुर्नसंरचनामा इलाकालाई आधार मानेर अगाडि बढ्ने निर्णय गरेको हो । ११ असोजको निर्णय अनुसार सरकारले स्थानीय तह पुनरसंरचना आयोगलाई थप कार्यदेश दिएको छ ।
बैठकका निर्णयबारे जानकारी दिदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने, ‘बैठकले पुराना इलाकालाई आधार मानेर स्थानीय तहको पुर्नसंरचना गर्न आयोगलाई थप कार्यदेश दिने निर्णय गरेको छ ।’
मन्त्री लेखकका अनुसार पुराना इलाका नगरपालिकामा गाभिएका भए त्यस्ता इलाकामा थप गाविस समेटेर नगरपालिकामा राख्ने निर्णय भएको जानकारी दिए । अबका अतिरिक्त स्थानीय आवश्यकता, सघनता र अनुकूलता हेरेर आयोगले थप निर्णय लिन सक्नेछ ।