Thursday, 27th August, 2026
वि.स.

इन्द्र्रायणी माविमा दशै विशेष साँस्कृतिक कार्यक्रम
कम्प्युटर ल्याब उद्घाटन

मकवानपुर थाहा नगरपालिका वडा नंं ८ मा रहेको इन्द्रायणी माध्यमिक विद्यालयमा इन्द्रायणी बालक्लबको आयोजनामा दशै विशेष साँस्कृतिक शुभकामना कार्यक्रम भएको छ । थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । 

२३ असोजमा भएको शुभकामना कार्यक्रमको अवसरमा विद्यालयमा रहेको कम्प्युटर ल्याबको नगर प्रमुख विष्टले उद्घाटन गरेका छन् । थाहा नगरपालिका वडा नंं ८ का वडा सदस्य, नगर शिक्षा समितिका सदस्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  सुमन कार्कीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 

थाहा–८ का वडा अध्यक्ष टिकाराम रुम्बाको विशेष आतिथ्यमा भएको शुभकामना कार्यक्रममा वडा सदस्य दीपेन्द्र थिङ, वडा सचिव चन्द्रबहादुर थिङ, स्थानीय अभिभावक तथा विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।  

कार्यक्रममा कलाकारहरु अमृत साप्कोटा, नवराज गाउँले र इन्द्रायणी बालक्लबका सदस्यहरुको विशेष प्रस्तुति रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif