nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवर फाखेलका स्वास्थ्यकर्मीलाई पीपीई

PPE-1586102105.png

कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिरहँदा स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीहरु असुरक्षित भएको महशुस गरिरहेको बेलामा फाखेलका स्वास्थ्यकर्मीहरुले पीपीई पाएका छन् । इन्द्रसरोवर गाउँपालिका वडा नं ४ को फाखेल स्वास्थ्य चौकीलाई २ सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीर्ई) सहयोग प्राप्त भएको हो । राष्ट्रि««य आविस्कार केन्द्रले महाविर पुनको नेतृत्वमा निर्माण गरिएको उक्त २ सेट पीपीर्ई शिखरापुर सामुदायिक क्याम्पसका क्याम्पस प्रमुख निरोज श्रेष्ठ मार्फत निशुल्क रुपमा फाखेल स्वास्थ्य चौकीलाई उपलब्ध गराइएकोे हो । 

स्वास्थ्य चौकी व्यवस्थापन समितिको आग्रहमा उक्त सामग्री उपलब्ध भएको वडा अध्यक्ष धनबिर स्याङ्तानले जानकारी दिए । कोरोनाको संक्रमणबाट बच्नका लागि स्वास्थ्यकर्मीहरुले व्यक्तिगत सुरक्षा सामग्री पीपीई पाएपछि स्वास्थ्य चौकीबाट प्रदान गरिने स्वास्थ्य सेवामा थप सहजता हुने स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।

यस्तै २३ चैतमा नै इन्द्रसरोवर गाउँपालिकाको वडा नं ४ फाखेलको विभिन्न १० ठाउँमा साबुन र बाल्टिनको व्यवस्थापन गरिएको छ । ४ नं वडा कार्यालयले वडाको मुख्य मुख्य चोक तथा मान्छेको आवतजावत बढी हुने स्थानमा साबुन र बाल्टिनको व्यवस्थापन गरिएको वडा अध्यक्ष धनविर स्याङ्तानले बताए । कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि साबुन पानीले हात धुनुपर्ने भएकाले प्रत्येक काम गर्दा, सामान छुँदा वा कतै गएर आएपछि अनिवार्य रुपमा हात धुने सुरक्षित रहनका लागि अनुरोध गर्दै साबुन र बाल्टिनको व्यवस्थापन गरिएको जनाइएको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।