nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कुलेखानीमा पानीको सतह १ हजार ५ सय मिटर नाघ्यो

IMG_5137K-1595344144.jpg

मुलुककै पावर ब्याकअपकाे रूपमा रहेकाे इन्द्रसरोवर अर्थात कुलेखानी जलविद्युत आयोजनाको जलासयमा पानीको सतह बढ्दै गएको छ  ।

लगातार परेको पानीका कारण जलासयमा पानीको सहत ४ साउनको तुलनामा ६ साउनमा साँढे ३ मिटर पानी बढेको छ । ६ साउन साँझ ८ बजेसम्म पानीको सतह १ हजार ५ सय १४ मिटर ५३ सेन्टी मिटर पुगेको कुलेखानी जलविद्युत आयोजना शिविर शाखा मार्खु ड्यामसाइडका कर्मचारी दामोदर लामिछानेले जानकारी दिए ।

वि.सं.२०७२ सालको भूकम्पका कारण क्षति पुगेपछि प्राधिकरणले १ हजार ५ सय २५ मिटर भन्दा बढी ड्याममा पानी जम्मा नगर्नेे नीति लिएको छ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।