Wednesday, 17th June, 2026
वि.स.

इन्द्रसरोवरलाई ५ शैथ्याको अस्पताल निर्माण गर्न अर्थले बजेट पठायो

Indrasarowar-1602042067.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकालाई ५ शैथ्याको अस्पतालका लागि बजेट निकासा भएको छ । इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी स्वास्थ्य चौकीलाई ५ शैयाको अस्पताल निर्माणका लागि ७० लाख रुपियाँ अर्थ मन्त्रालयले बजेट पठाएको छ । 

देशभर २ सय ६४ स्थानीय तहलाइृ अस्पताल निर्माणका लागि बजेट निकासाको क्रममा मकवानपुरको थाहा नगरपालिकालाई १५ शैथ्याको अस्पताल निर्माणका लागि १ करोड रुपियाँ बजेट निकासा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लेखा अधिकृत उमेश्वर प्रसाद काफ्लेले बताए । 

गत २८ साउनमा भएको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको ५, १० तथा १५ शैथ्या अस्पतालको लागि अर्थ मन्त्रालयबाट बजेट निकासा भैसकेको स्वास्थ्य मन्त्रालयका तथ्याङ्क अधिकृत सुर्य बहादुर खड्काले जानकारी दिए । यहि कार्तिक मसान्तसम्म अस्पताल निर्माण प्रक्रिया अघि बढाइसक्नूपर्ने अधिकृत खड्काले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयबाट स्वीकृत आधारभूत अस्पताल भवन निर्देशिका २०७७ बमोजिम अस्पताल निर्माण गर्नुपर्ने मन्त्रालयले जनाएको छ । स्वास्थ्य भवन पुर्वाधारको डिजाइन निर्माण सम्बन्धी निर्देशिका बमोजिम निर्माण प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयले स्थानीय तहहरुलाई परिपत्र गरेको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०