Thursday, 3rd September, 2026
वि.स.

इन्द्रसरोवरमा सुमो दुर्घटना हुँदा १३ जना घाइते

accident-1200x560_2020112-1698117214.jpg

मकवानपुरको इन्द्रसरोवरमा यात्रुवाहक टाटा सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मंगलबार बिहान ३:३५ बजेको समयमा मकवानपुर ईन्द्रसरोवर-५ मकैबारीमा मधेस प्र.०३-००१ ज ०२८३ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

इन्द्रसरोवर-५ स्थित कुलेखानि मातातीर्थ काठमाडौँ सडकखण्डमा वीरगंजबाट काठमाडौँ तर्फ जाँदै गरेको उक्त सुमो सडकबाट करिब २० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते हुनेमा भारतको जानकी चापा छत्तिसगढ बस्ने वर्ष २५ कि रचना कुमारी सूर्यवंशी सोही स्थान बस्ने वर्ष ३५ कि गङ्गा देवी सूर्यवंशी, वर्ष ३० कि मधु सूर्यवंशी, वर्ष ३७ को इन्द्र सेन, वर्ष ३१ की रितु सूर्यवंशी, वर्ष २९ कि सरोजनी देवी, वर्ष ११ कि प्रतिभा सूर्यवंशी, वर्ष २ कि दिव्या सूर्यवंशी, वर्ष ४ को प्रतीक सूर्यवंशी, वर्ष ३१ को विजय कुमार सूर्यवंशी, वर्ष ३५ को अजय कुमार सूर्यवंशी रहेका छन् । दुर्घटनामा घाइते भएकी वर्ष ६० कि एक महिलाको नाम थर नखुलेको उनले बताए ।

दुर्घटनामा घाइते भएका उनीहरूको उपचारको लागि काठमाडौँ पठाएको प्रवक्ता भण्डारीले बताए । दुर्घटनामा घाइते भएका सुमो चालक बारा कलैया- २१ बस्ने वर्ष २५ को अनिल कुमार शाह भने प्रहरीको नियन्त्रणमा रहेका छन् ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif