nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवरमा माटोको ढिस्को खस्दा घर पुरियो

Pahilo-1595238288.jpg

मकवानपुरको इन्द्रसरोवर ४ फाखेल राकसखोलामा शनिबार देखिको अबिरल बर्षाका कारण घर पछाडिको ढिस्को भत्किएर एक घर पुरिएको छ । स्थानीय दिपककुमार मोक्तानको घर सोमबार बिहान करीब ८ बजेको समयमा ढिस्कोले पुरिएको प्रहरी चौकी फाखेलका इन्चार्ज भरत कुर्मीले जानकारी दिएका छन् । 

माटोको ढिस्को घरभित्र छिरे पछि मोक्तान परिवारको बिचल्ली भएको स्थानीयले बताएका छ्न् ।  हाल मोक्तान परिवार छिमेकीको घरमा शरण लिएर बसिरहेको छ । नेपाल रेडक्रस सोसाइटी फाखेल उपशाखा, स्थानीय सहकारीहरू वडा कार्यालय लगायतका संघसंस्था राहतका लागि पुगिसकेको छ  ।

एक छोरा सहितको मोक्तान परिवार लामो समय देखि सिलाई कटाईको ब्यवसाय गर्दै आएका थिए । केही लत्ताकपडा, आधा तोला भन्दा बढी सुन, बीस हजार नगद र भाडाकुडा पुरिएको पिडितले बताएका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg