Wednesday, 17th June, 2026
वि.स.

इन्द्रसरोवरमा पहिरोले स्करपियो पुरिँदा एकजनाको मृत्यु

s-1600839414.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पहिरोले स्करपियो पुरिँदा एकजनाको ज्यान गएको छ । हेटौंडा–काठमाडौं छोटो मार्ग अन्तर्गत् पर्ने इन्द्रसरोवर गाउँपालिका वडा नं २ देउराली नजिक पहिरो खस्दा स्करपियो पुरिएको हो । काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको स्करपियो पुरिँदा स्करपियोमा सवार एकजनाको ज्यान गएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

मृत्यु हुनेको पहिचान हालसम्म नखुलेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठका अनुसार पहिरोसँगै स्करपियोलाई ठूलो ढुंगाले थिचेको छ । पहिरो पन्छाउने कार्य भैहरेको उनले बताए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०