nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवरमा ट्रक दुर्घटनामा ६ जना घाइते

acc1-1590385758.jpg

मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडानम्बर–२ मा मिनिट्रक दुर्घटना हुँदा  ट्रकमा सवार ६ जना घाइते भएका छन ।  बालुवा लोड गरेर  कुलेखानीबाट देउरालीतर्फ जादै गरेको ना ७ ख ९४९२ नम्बरको मिनिट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ७ मिटर तल खसेको थियो ।

घाइते हुनेमा मिनि ट्रकका चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ का ३९ बर्षीय सुभाष घिसिङ, ट्रकधनी ३९ बर्षीय गोपाल लामा, कामदारहरु २६ बर्षीय सुवास घिसिङ, २६ बर्षीय सन्तमान घिसिङ, ३८ बर्षीय मंगलबहादुर तामाङ र ४६ बर्षीय नारायण मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।

घाइते ६ जना मध्य एक जानको हेटौंडाको अर्थोपेडिक अस्पातलमा उपचार भइरहेको र अरु पाँच जना भने उपचार पछी घर फर्किएको प्रहरी निरीक्षक पाठकले वताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)