Friday, 19th June, 2026
वि.स.

इन्द्रसरोवरको १ सहित मकवानपुरका ५ सहकारीलाइ प्रोबेशन ब्राण्ड

prabosan-brand-1605942972.jpg

बचत तथा ऋण सहकारी संघहरुको छाता केन्द्रीय संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले प्रदान गर्दै आइरहेको नेपाल स्तरको ब्राण्डिङ पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) ब्राण्ड मकवानपुरका ५ वटा बचत तथा ऋण सहकारीले प्राप्त गरेका छन्, ।

ब्राण्ड प्राप्त गर्ने सहकारीहरुमा हेटौंडा १३ को महिला मिलन साकोस, हेटौंडा १५ को महिला जनचेतना साकोस, मकवानपुरगढी ३ को जागरण साकोस, भीमफेदी ३ को महिला अभियान साकोस र इन्द्रसरोवर ४ को सक्रिय महिला साकोस रहेका छन्, ।

मकवानपुरका ५ वटा सहित देशभर ४० वटा सहकारी संस्थाले प्रोबेशन ब्राण्ड प्राप्त गरेका छन्, । गत वर्ष ३४ वटा सहकारीले ब्राण्ड हात पारेका थिए ।नेफ्स्कुनले आफ्ना सदस्य साकोसहरुको दीगो विकास, व्यावसायिककरण र गुणस्तर सुनिश्चिताका लागि यो प्रोबेशन कार्यक्रम संचालन गर्दै आइरहेको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०