Wednesday, 17th June, 2026
वि.स.

इन्द्रसरोवरको होटल व्यवसायी संघ पर्यटक आए होटल खोल्न तयार

Markhu-1600390806.jpg

सरकारले असोज १ गतेदेखि होटल तथा रेस्टुरेन्ट खोलेर सेवा दिन सकिने जनाएको छ । तर बागमती प्रदेश कै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेका होटलहरु भने पर्यटक आए मात्र खोल्न तयार रहेको होटल व्यवसायीहरुले बताएका छन् ।

कोरोनाका कारण होटल व्यवसायहरु निक्कै प्रभावित बनिरहेका छन् । कोरोना भाइरसको कारण जोखिम बढ्दै गएपछि करिब ६ महिना देखि बन्द रहेको होटलहरु आजबाट खोल्न सकिने भनिए पनि पर्यटक नै नआउने भएपछि होटल खोल्नुको अर्थ नरहेको व्यवसायीहरुले बताएका छन् । यातायात सञ्चालन भइ पर्यटकहरु आउने वातावरण सिर्जना भएमा स्वास्थ्यका सबै मापदण्ड अपनाएर आफुहरु होटल खोल्न तयार रहेको इन्द्रसरोवर होटल व्यवसायी संघका अध्यक्ष निर्मल श्रेष्ठले बताए ।

इन्द्रसरोवर होटल व्यवसायी संघमा २४ वटा होटल एण्ड लज र ३४ वटा चिया खाजा घरहरु दर्ता रहेका छन् ।