Wednesday, 17th June, 2026
वि.स.

इन्द्रसरोवरको वत्सलादेवी र महाचुनीलाई ‘विद्यालय नर्स कार्यक्रम’

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको दुई माध्यमिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम थप भएको छ । आर्थिक वर्ष २०७६÷०७७ देखि लागूहुने गरी इन्द्रसरोवरमा दुई विद्यालय थप भएको हो । 

७ असोजमा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जारी गरेको सूचना अनुसार इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ को वत्सलादेवी माध्यमिक विद्यालय र इन्द्रसरोवर–५ मा महाचुनी माविमा विद्यालय नर्स कार्यक्रम संचालन गर्ने जनाएको हो । 

६ असोजमा बागमती प्रदेश मन्त्री स्तरीय निर्णयबाट विद्यालय छनोट भएको मन्त्रालयले जनाएको छ । 

अघिल्लो आर्थिक वर्षबाट इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ मा रहेको रहेको पञ्चकन्या माविमा विद्यालय नर्स कार्यक्रम संचालन भएको गाउँपालिका अध्यक्ष जीवन लामाले जानकारी दिए । 

वत्सलादेवी माध्यमिक विद्यालय
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०