Tuesday, 16th June, 2026
वि.स.

इन्द्रसरोवरको कृषि केन्द्रीत नीति, स्वास्थ्य पनि प्राथमिकतामा

Indra-1593021371.jpg

इन्द्रसरोवर गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम गाउँसभाबाट सर्बसम्मतमा पारित भएको छ ।  १० असारमा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सातौ गाउँसभामा पेश गरेको थियो । गाउँपालिकाको बजेट भने केही दिनपछि मात्र प्रस्तुत र करीब ५० करोड हाराहारीको बजेट निर्माण गर्ने तयारी गरेको जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष जीवन लामाद्वारा प्रस्तुत गरिएकोे नीति तथा कार्यक्रममा आगामी वर्षका लागि कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिइएको छ । 

कृषिमा आधुनिकीकरण र व्यवसायीकरण तथा लघु, घरेलु, साना, मझौला उद्यम, स्थानीयस्तरमा उत्पादन हुने फलफूलको व्यवसायिक खेती प्रवर्दन्, कृषकहरुलाई कृषि र पशुपालनका क्षेत्रमा व्यवसायीक बन्न प्रोत्साहन, खोर तथा गोठ सुधार कार्यलाई प्राथमिकता दिई रसादीको उत्पादन गर्दै विषादी र रासायनिक मललाई क्रमशः न्यूनीकरण साथै जैविक विषादीलाई प्रवर्द्धन गर्ने , गाउँपालिका भित्र कम्तिमा एक घर पाँच फलफूल विरुवा अनिवार्य रोप्ने नीतिलाई अवलम्बन गरिने जनाएको छ । 

इन्द्रसरोवर तालमा माछा पालन कार्यक्रमलाई प्रर्वद्धन गरि माछा पकेट क्षेत्रकोरुपमा बिकास गर्न प्रदेश सरकारसंगको सहकार्य गर्ने, ब्यबसायिक तथा स्वरोजगार हुन चाहने किसानहरुलाई स्थानीय सहकारीहरुबाट लिएको ऋणमा ब्यबसाय गर्ने शर्त सहित कार्यविधि तर्जुमा गरी १० लाख (गाउँपालिका भरिमा २० जनासम्मलाई) र सानो तथा मझौला कृषि तथा पशु पन्छी ब्यबसाय गर्न चाहने किसानलाई २ लाख (गाउँपालिका भरिमा ५० जनासम्मलाई) ऋणमा ७० प्रतिशत सम्म ब्याज सहुलियत अनुदान दिने नीति अवलम्वन गरिने जनाएको छ । 

कार्यक्रम मार्फत कोरोनाका कारण भएको बेरोजगारीको अवस्थालाई रोजगारीका अवसरहरु सृजना गरी स्वार्जन तथा स्वरोजगार भई आर्थिक समृध्दी हुने कार्यक्रम गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमलाई समेत कार्यन्वयनमा जोडिने जनाएको छ । गाउँपालिका भित्र उपयुक्त स्थानको पहिचान गरि कम्तिमा १५ शैयाको अस्पताल निर्माणको लागि प्रदेश र संघीय सरकारसंग समन्वय तथा सहकार्य गरिने, खानेपानी तथा सरसफाई सुविधाको पूर्ण उपलब्धता शिक्षा, स्वास्थ्य जस्ता दैनिक जीवनसँग सम्बन्धित विषयलाई उच्च प्राथमिकता दिइने, कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई मध्येन जर गरि तत्काल गाउँपालिका स्तरीयरुपमा ५० जना क्षमताको क्वारेन्टाइन (एकान्तवास) निर्माण र ब्यबस्थापन गरिने छ्र ।जनप्रतिनिधि तथा कर्मचारीहरुको एकवर्षे कोरोना विमा समेत गरिने, आगामी २०७७ चैत्र मसान्त भित्र इन्द्रसरोवर गाउँपालिकालाई नै बालमैत्री गाउँपालिका घोषणा गर्नको लागि वित्तीय समानीकरण तर्फबाट प्राप्त अनुदानको १०% (प्रतिसत) बजेट बालबालिका क्षेत्रमा निर्धारित ३९ वटा सूचकहरु पूरा गर्न र बालमैत्री वडा घोषणा भएका वडालाई निरन्तरता दिन लगानी गरिने, कुपोषणलाई न्यूनीकरण गर्ने, दिर्घ रोगिहरुलाइ (६० वर्ष भन्दा माथिका) वडा,टोल वा घर-घरमा गएर खोजेर उपचार गर्न स्वास्थ्यकर्मिको व्यवस्थालाई निरन्तरता दिंदै, सबै किसिमको हिँसा विरुद्धको सचेतना कार्यक्रमलाई बिशेष प्राथमिकताका साथ अघि बढाईने, ६०/७० वर्ष सम्मका परिचयपत्र प्राप्त जेष्ठनागरिकहरुको स्वास्थ्य विमा सतप्रतिशत गरिदिने, महिला स्वास्थ्य स्वयम् सेविकाहरुको बैठक खाजा भत्ता र प्रतिमहिना दिदै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिईनेछ, सुरक्षित गर्भपतन,मातृ तथा बाल मृत्युदर कम गर्नुका साथै गाउँपालिकालाई पूर्ण संथागत सुत्केरी गाउँपालिका घोषणा गर्ने तथा पूर्ण खोपको अवस्थालाई दिगो रुपमा कायम गरिनेछ, प्रारम्भिक बाल विकास केन्द्रका बालबालिकाहरुलाई दिवा खाजाको ब्यबस्थापनलाई निरन्तरता दिइने छ ्र गाउँपालिका भित्र उपयुक्त स्थानको पहिचान गरि कम्तिमा १५ शैयाको अस्पताल निर्माणको लागि प्रदेश र संघीय सरकारसंग समन्वय तथा सहकार्य गरिने लगायतका विविध विषयलाई ध्यानमा राखेर नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामा, प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडी, ५ वटै वडाका वडाध्यक्षरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगायत कर्मचारीहरुको सहभागीता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।