Tuesday, 16th August, 2022
वि.स.
ict-nepal-1625344508.gif

इन्द्रसराेवरः मगर समुदायको ऐतिहाँसिक सरस्वती नाच सम्पन्न

269194961_315349203646260-1640103560.jpg

मञ्जरी बलामी, मकवानपुर । इन्द्रसरोवर गाउँपालिकाको वडा नं. २ कुलेखानी, किटेनी स्थित मगर सम्प्रदायले यस वर्षको मगर नाच अर्थात सरस्वती नाच सकाएका छन् । संस्कृतिको जगेर्नाका साथै नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्दै उक्त नाचलाई करिब ७ सय वर्ष देखि निरन्तरता दिँदै आएको स्थानीयहरुको भनाई रहेको छ । करिव ९० परिवार रहेको किटेनीका सरस्वती गुठी परिवारले हरेक वर्ष धान्य पूर्णिमाका अवसरमा सरस्वती नाच देखाउँदै आएका छन् । 

No description available.

 

धान्य पुर्णिमाको दिन र दोस्रो दिन गरी २ दिन मात्रै देखाइने उक्त नाचका लागि त्यहाँका मगर समुदायले हरेक वर्ष जनै पूर्णिमाको दिनदेखि तयारीका विविध गतिविधिहरु गर्ने गर्दछन् । नयाँ पुस्तालाई कला र संस्कृति हस्तान्तरणका लागि हरेक वर्ष जनै पूर्णिमाको दिनदेखि बाध्यबाधन तथा नाच्ने र गाउँन सिकाउँने गरेको गुठीका जेष्ठ गुरु ६० वर्षिय जित बहादुर थापा मगरले बताए । जनै पूर्णिमाबाट सुरु गरिने बाध्यबाधन तथा संस्कृतिका गतिविधि धान्य पूर्णिमाको दिनदेखि नाच देखाएर दोस्रो रातमा विधिवत समापन गरिने चलन रहिआएको छ ।

No description available.गुठी परिवारभित्र देखाइने उक्त नाचले संस्कृति जोगाउने मात्रै नभएर किटेनीका सम्पूर्ण मगरहरुबीचमा अपनत्व, आत्मियता तथा भाइचारा बढाउन समेत निक्कै सहयोग गरेको एक गुरु गणेश बहादुर थापा मगरले बताए । आफुले थाहा पाउँदा पाउँदै पनि ६÷७ गुरुहरुको मृत्यु भैसकेको बताउँदै आफुहरुले ति गुरुहरुबाट सिकेको कुरा नयाँ पुस्तामा हस्तान्तरण गर्दै आएको अर्का गुरु होम बहादुर थापा मगरको भनाई रहेको छ । 

No description available.

पुर्खाले सुरु गरेको सरस्वती नाचलाई उक्त सम्प्रदायले एउटा महत्वपूर्ण तथा ठुलो चाडको रुपमा मान्दै आएको स्थानीयहरुको भनाई छ । विगतका वर्षमा कुलेखानी तथा इन्द्रसरोवर बाहिरबाट समेत नाच हेर्नका लागि मानिसहरु आउने गरेको भए पनि यस वर्ष कोरोनाको कारण नाचमा स्थानीयहरुमात्रै भेला भएको थियो । विद्याकी देवी सरस्वती र भैरवको महिमामा आधारित यो नाच र मगर सम्प्रदायको यो संस्कृति ऐतिहाँसिक तथा धार्मिक पर्यटन विकासका लागि समेत महत्वपूर्ण रहेको छ ।

No description available.



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।

corona_ad-1626692113.gif