Monday, 15th June, 2026
वि.स.

इन्टरनेट कम चलाउन सेवा प्रदायकको आग्रह

internet-1584945555.jpg

 इन्टरनेट सेवा प्रदायकहरूले पछिल्लो दिनमा नेटवर्कले धान्नै नसक्ने गरी इन्टरनेटको माग भएको भन्दै बढी ब्यान्डविथ खपत नगर्न प्रयोगकर्तालाई आग्रह गरेका छन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल (आइस्पान) ले आइतबार सार्वजनिक सूचनामा इन्टरनेट ब्यान्डविथको माग अत्यधिक बढेकाले मनोञ्जनात्मकभन्दा पनि सूचनामूलक सामग्रीमा जोड दिन भनिएको छ ।

‘केही दिनयता ब्यान्डविथ बढी खपत हुँदा सेवाप्रदायकको नेटवर्कमा अत्यधिक भार पर्न गएको छ,’ सूचनामा भनिएको छ, ‘सेवाप्रवाह अवरुद्ध नहोस् भन्न ग्राहकलाई बढी ब्यान्डविथ खपत गर्ने अनलाइन एप, गेम तथा अनावश्यक वेबसाइट प्रयोग नगरिदिनुहुन अनुरोध गर्दछौं ।’

कोभिड–१९ संक्रमण हुन नदिन केही दिनयता घरमै बस्ने र कार्यालयको काम पनि घरमै बसेर गर्ने क्रम बढेपछि इन्टरनेट ब्यान्डविथको खपत बढेको सेवाप्रदायकहरूको दाबी छ । केही दिनयता इन्टरनेट ब्यान्डविथको प्रयोग ३० प्रतिशतसम्म बढेको छ । यसले सेवाप्रदायकको क्षमताभन्दा बढी माग हुन थालेको आइस्पान नेपालका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।
सेवाप्रदायकहरूले इन्टरनेट बिग्रिए उपभोक्ताको घरमा पुगेर मर्मत गर्न नसक्ने भएकाले सचेत हुन पनि आग्रह गरेका छन् ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०