nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

इतिहासमै पहिलो पटक बन्यो भुजेल भाषामा आधारित चलचित्र ‘नि प्हुगाल’

Bhujel-1536146058.jpg

भुजेल समुदायको आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न उद्देश्यका साथ इतिहासमै पहिलो पटक भुजेल भाषामा ‘नि प्हुगाल’ (हामी भुजेल) नामक चलचित्र निर्माण भएको छ । ‘भकारी इभेन्ट्स उखत प्राली पोखरा’को व्यानरमा बनेको यो चलचित्र देश तथा बिदेशमा छरिएर बसोबास गर्ने सम्पुर्ण भुजेल समुदायमा लक्षित गरी सिङ्गो एउटा संस्कृति र परम्परालाई लोप हुनबाट बचाउँन यो चलचित्र बनाइएको हो ।

नेपालको विभिन्न ठाउँहरुमा छायांकन गरिएको यो चलचित्र करिब दुईमहिना पछि देश तथा विदेशको हलहरुमा प्रदर्शन हुने निर्माण टोलीले बताएको छ ।

यस चलचित्रका कथाकार कमल भुजेल हुन् भने परिकल्पनाकार रेशम भुजेल रहेका छन् । चलचित्रको कार्यकारी निर्माता कमल बहादुर भुजेल छन् भने उक्त चलचित्रको निर्माता भुजेल समाज सेवा केन्द्रिय समिती, समाजको कान्छो सस्था भुजेल चलचित्र संघ र प्रदेश नं. एक रहेकाे छ । यस चलचित्रको सहनिर्मातामा भने कोपीला भुजेल, भिम भुजेल, कमल भुजेल, लोक बहादुर भुजेल, विमल जिसी, बसुन्धरा घर्ती, तिर्सन घर्ति, सचिन भुजेल, संजय भुजेल (भुजेल साथी) रहेका छन् । साथै यस ‘नि प्हुगाल’ चलचित्रको प्रोजेक्ट इन्चार्ज विमल जि सी भुजेल रहेका छन् ।

भुजेल समुदायको संस्कार संस्कृतिलाइ जीवन्त प्रस्तुत गर्न खोजीएको उक्त चलचित्रलाई तनहुँ जिल्लाको आदिमुल भुजेल बस्ती (मन्दिर परिसर) लगाएत कास्कीको कास्कीकोटमा रहेको भुजेल होम स्तयमा छायाकंन गरिएको छ । साथै पोखराको मनोरम दृश्य पनि हेर्न सकिनेछ ।

 

यस चलचित्रको मुख्य भुमिकामा भिम भुजेल, पुजा भुजेल, सुरज भुजेल र पार्वती भुजेल रहेका छन् भने अन्य कलाकारहरुमा रेशम भुजेल, थम माया भुजेल, सचिन भुजेल, देवि भुजेल रहेका छन् । त्यस्ते चलचित्रमा जुनु भुजेल, कला भुजेल, कोपीला भुजेल, पृथ्वी भुजेल, लोक बहादुर भुजेल, कमला भुजेल, बसुन्धरा भुजेल, आषिश भुजेल, विज्ञान भुजेल, कविता भुजेल, शोभा भुजेल, प्रतिक्षा भुजेल, विमल जिसी लगायतका कलाकारहरुको अभिनय हेर्न सकिनेछ ।

 

उक्त चलचित्रमा ३५ प्रतिशत भुजेल भाषा समावेश गरिएकोछ भने बाकी ६५ प्रतिशत नेपाली भाषा राखिएको छ ।

करिब ४० लाखको लगालीमा बनेको यस चलचित्रमा भुजेल भाषाको चुट्का गीत सहित तीनवटा गीत प्रस्तुत गरिएको छ ।
यस चलचित्रको मुख्य निर्देशक तथा पट कथाकार कृष्ण कुमार गुरुङ रहेका छन् भने सहायक निर्देशकमा सोम गुरुङ र ज्ञानु भुजेल रहेका छन् । उक्त चलचित्रलाई प्रकाश गुरुङ(कास)ले छायांकन गरेका छन् ।

यस चलचित्र चलचित्र बिकास बोर्डबाट ‘U’ प्रमाण पत्र सहित सेन्सर पास भइसकेको निर्माण टिमले बताएको छ ।

-फुलु भुजेल



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)