Wednesday, 17th June, 2026
वि.स.

इजरायली श्रम बजार नेपालीका लागि खुला

123-1601545781.jpg

नेपालमा इजरायलको कृषि प्रविधि ल्याएर सातै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरसँगै अब नेपालमा कृषि पूर्वाधार निर्माणले गति लिनेछ ।

सो समझदारीपत्रमा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलका तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीले हस्ताक्षर गर्नुभएको छ । इजरायली अन्तरराष्ट्रिय विकास साझेदार संस्था ९मसाभ० को उपस्थितिमा सो हस्ताक्षर भएको हो । नेपालका तर्फबाट हस्ताक्षर गर्न यही असोज ११ गते बसेको मन्त्रिपरिषद्ले सहमति दिएको थियो ।

विश्वका सयभन्दा बढी मुलुकका विज्ञलाई तालीम र सीप विकासको तालीमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको सो संस्था इजरायलको स्थापनासँगै इजरायलको विकासका लागि खोलिएको हो । राजदूत शाक्यले आफूले जिम्मेवारी सम्हालेर इजरायल आएदेखि नै सो विषयमा निरन्तर पहल गरेको र सफलता प्राप्त गरेको जानकारी दिनुभयो ।

उहाँले पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाको विदेशिने क्रममा समेत कमी आउने अपेक्षा गरिएको जानकारी दिनुभयो ।

बुधबार नै नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ मा हस्ताक्षर भएको थियो ।  यससँगै अब इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ । यसले केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल–रेष्टुरेष्ट, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ । रासस



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०