Monday, 15th June, 2026
वि.स.

आर्थिक गणनाको नतिजा हेटौंडामा सार्वजनीक

राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा हेटौंडामा सार्वजनीक गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले २०७५ साल बैशाख १ गतेदेखि जेष्ठ ३१ गते सम्म गरिएको गणनाको तथ्याङ्क २५ कार्तिकमा सार्वजनिक गरिएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीको अध्यक्षता भएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले आर्थिक गणनाका आधारमा संघीय, प्रदेश र स्थानीय सरकारलाई योजना निर्माणमा सहयोग पुग्ने हुनाले यसको भरपुर उपयोग गर्नुपर्ने सुझाव दिए ।
 
कार्यक्रममा तथ्याङ्क कार्यालय हेटौंडाका प्रमुख राजेश दाशले समग्र देशको अवस्था, प्रादेशीक तथ्याङ्क तथा मकवानपुरको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहलगायत विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।