Monday, 15th June, 2026
वि.स.

आफ्नो जन्मदिनमा फोटो पत्रकार विष्टले गरे फुड बैंकलाई सहयोग 

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ निवासी फोटो पत्रकार गणेश विष्टले आफ्नो जन्म दिनको अवसरमा फुड बैंकका लागि आर्थिक सहयोग गरेका छन् । २८ चैतमा परेकाे विष्टले जन्मदिनको अवसरमा फजुल खर्च गर्नुको साट्टो पालुङ जेसीजले स्थापना गरेको फुड बैंकमा २ हजार रुपियाँ सहयोग गरेका हुन् । 

पालुङ जेसीजले विश्वमै महामारीको रुप लिइरहेको कोरोना भाइरसका कारण भएको लकडाउनका कारण दैनिक गुजारा चलाउन नसक्नेहरुका लागि राहत वितरण गर्न फुड बैंकको स्थापना गरेको  छ । विष्टले भने–‘साथीसंगी संग मात्र नभई यो वर्ष मैले सिंगो समाजसंग शुभकामना साटफेर गरेको महशुस गरेको छु ।’ 

उनले सामाजिक काममा सहबै सहभागी हुन अनुरोध गरेका छन् भने लकडाउन नै रोगबाट बच्ने अचुक उपाय भएकाले यसाको पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।  

विष्ट थाहा टाइम्स र विकास खबरपत्रिकामा आवद्ध फोटो पत्रकार हुन् । उनी स्वतस्फुर्त रुपमा थाहानगरमा फोटोग्राफी गर्दै आएकाछन् । उनी मोबाइल व्यवशायी समेत हुन् । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०