Monday, 15th June, 2026
वि.स.

आफूलाई कोरोना छ कि छैन ? घरमै बसेर यसरी थाहा पाउने

covid-1585473972.jpg

घरमै बसेर आफूलाई कोरोना (कोभिड १९) भाइरस छ कि छैन थाहा पाउने मोबाइल एप स्वास्थ्य मन्त्रालयले आइतबारदेखि संचालन ल्याएको छ। 

आइतबारदेखि स्वास्थ्य मन्त्रालयले कोरोना पहिचानको लागिhttp://covid19.mohp.gov.np मोबाइल एप संचालनमा ल्याएको हो। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित व्यक्तिको पहिचान र उसको उपचारको व्यवस्था मिलाउन मोबाइल एप संचालनमा ल्याएको हो। 

आइतबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकाश देवकोटाले एप सञ्जालमा ल्याएको जानकारी गराएका हुन्। 

मन्त्रालयले सार्वजनिक गरेको यो एपबाट देशभर कति क्वारेन्टाइन, आइसोलेसन छन् लगायतका विवरणसमेत थाहा पाउन सकिन्छ। 

एपमा अस्पतालमा आफूले खोजे अनुसारको सुविधा भए नभएको विषयमासमेत जानकारी गराउने छ। 

प्रवक्ता देवकोटाका अनुसार एपको माध्यमबाट सरकारले ५० वर्षभन्दा माथि उमेरका व्यक्तिको बारेमा जानकारी लिनेछ। 

एपकै सहयोगमा घरमै बसेर हरेक व्यक्ति आफैले आफूलाई कोरोना भएनभएको बारेमा जानकारी लिन सक्नेछन्।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

covid-1585473992.jpg