Monday, 15th June, 2026
वि.स.

आप्रवासन र गुणस्तरीय शिक्षासम्बन्धी छलफल

आप्रवासन प्रकृयामा राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय विषयहरुसम्बन्धी जानकारीमूलक छलफल कार्यक्रम हेटौंडामा भएको छ । कार्यक्रम प्रवासी नेपाली समन्वय समिति काठमाडौंले आयोजना गरेको हो ।

प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले स्वागत गरेको कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरका सचिव बोलबहादुर कार्कीले सहजिकरण गरेका थिए । कार्यक्रममा समितिका निर्देशक सोम लामिछानेले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले वैदेशिक रोजगारीको अवस्था, श्रम स्वीकृती प्राप्त देश, श्रमिक अनुमती तथ्याङ्क, सरकारी नीति लगायतको बारेमा प्रस्तुतीकरण गरेका थिए । 

यसैबिच, शिक्षाका लागि राष्ट्रिय अभियान मकवानपुरले दीगो विकासको लक्ष्यहरुमध्ये ४ नम्बर लक्ष्यबारे छलफल गरेको छ । सबैका लागि समावेशी शिक्षा तथा गुणस्तरीय शिक्षा सुनिश्चित र आजिवन सिकाई प्रवद्र्धनसम्बन्धी विषयमा अभियानका प्रदेश ३ संयोजक प्रकाश खतिवडाले प्रस्तुती गरेका थिए ।

प्राविधिक शिक्षामा सरकारी लगानी बढाउनुपर्नेमा जोड दिदै उनले सरकारको कूल बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गरेमात्र दीगो विकासको लक्ष्यहरु प्राप्ती हुने र समृद्धी हासिल गर्न सकिनेमा जोड दिएका थिए । कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान मकवानपुरका संयोजक बुद्ध लामा, सदस्य संस्थाका प्रतिनिधी, पत्रकारहरुको सहभागिता रहेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०