Saturday, 27th July, 2024
वि.स.

आपतकालीन संरक्षणसम्बन्धी अनुशिक्षण शुरु

आपतकालीन संरक्षणसम्बन्धी अनुशिक्षण शुरु आपतकालीन संरक्षण सेवा तथा विपद जोखिम व्यवस्थापन सम्बन्धी तीन दिने अनुशिक्षण कार्यक्रम १६ असोजबाट थाहानगरको ओखरबजारमा शुरु भएको छ । 
महिला तथा बालबालिका कार्यलय मकवानपुरले आयोजना गरेको कार्यक्रममा लालिगुराँस बहुउद्देशीय सहकारी संस्थाका शेयर सदस्यहरु सहभागी छन् । उनीहरुलाई महिला तथा बालबालिका कार्यलय मकवानपुरका महिला विकास निरिक्षक दुर्गा घिमिरेले सहजीकरण गरिरहेको लालीगुराँश सहकारीका अध्यक्ष रिता प्रधानले बताइन् । कार्यक्रममा ३० जनाको सहभागिता रहेको छ ।