Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

आन्तरिक सुशासनका लागि अनुशिक्षण

नागरिक समाज संस्थाको आन्तरिक सुशासन प्रबद्र्धनको लागि सामुदायिक जवाफदेहिताको बिधी, सामुदायिक अंकपत्रको अभ्यास बिषयक एक दिने अनुशिक्षण कार्यक्रम हेटौंडामा भएको छ । कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ, मकवानपुरका पदाधिकारी, बिभिन्न सामुदायिक बन उपभोक्ता समूहका प्रतिनिधीको सहभागिता रहेको थियो । कार्यक्रम अमेरिकी दातृ निकाय यूएसएआईडीको आर्थिक सहयोगमा साउथ एसिया पार्टनरसिप (साप ) नेपालले आयोजना गरेको हो ।
कार्यक्रममा साप नेपालका सामाजिक जवाफदेहिता तथा पैरवी संयोजक जनक कार्की र सञ्चार तथा पैरवी संयोजक नवीन महर्जनले सहजिकरण गरेका थिए । कार्यक्रममा साप नेपालकी अनुगमन तथा मुल्याङ्कन अधिकृत रुक्मनी कार्कीले कार्यक्रमको उदेश्यबारे बताएकी थिईन् । 
कार्यक्रम संस्थागत व्यबस्थापन, बिधिको शासन, संस्थागत भुमिकाप्रति जिम्मेवारीपन, पारदर्शिता, समता र सहभागिता, वित्तिय व्यवस्थापन, कार्यक्रम कार्यान्वयन र अन्तर संस्था सम्बन्ध बिस्तारको बिषयमा सहजिकरण गरिएको थियो ।
सामुदायिक बन उपभोक्ता महासंघ, मकवानपुरकको संस्थागत व्यबस्थापनमा ७२, बिधिको शासनमा ५०, संस्थागत भुमिकाप्रति जिम्मेवारीपनमा ६८, पारदर्शितामा ७३, समता र सहभागितामा ६१, वित्तिय व्यवस्थापनमा ५७, कार्यक्रम कार्यान्वयनमा ७८ र अन्तर संस्था सम्बन्ध बिस्तारमा ६९ प्रतिशत अंक पाउन सफल भएको थियो । कार्यक्रममा महासंघ कार्यसमिति र उपभोक्ताको दुई समुह बनाएर महासंघको क्रियाकलापमा अंक प्रदान गरेका थिए ।
नागरिक समाज संस्थाको आन्तरिक सुशासन प्रबद्र्धनको लागि सामुदायिक जवाफदेहिताको बिधी, सामुदायिक अंकपत्रको अभ्यास अनुशिक्षण मकवानपुरका ३० संस्थामा गरिने छ । मकवानपुरका गैसस महासंघ, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, चेपाङ्ग संघ, दलित महिला संघ लगाएत आठ संस्थामा सकिएको र थप २२ वटामा पनि गरिने बाँकी रहेको बताईएको छ ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०